समाज


‘घुमुवा प्रहरी हुँ’ भन्दै रकम उठाउने एकजना पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै रकम उठाउने एकजना पक्राउ

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १७:१०, काठमाडौँ

‘घुमुवा प्रहरी हुँ’ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

कोईरीले ५÷६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खर्टिको भन्दै बारा, पर्सा र रौतहटमा रकम उठाउँदै आएका थिए।

वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका–२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad