ad ad

समाज


नक्कली शरणार्थी प्रकरण: थुनुवाले दिएका निवेदनमा सकियो बहस, आजै आदेश आउनसक्ने

नक्कली शरणार्थी प्रकरण: थुनुवाले दिएका निवेदनमा सकियो बहस, आजै आदेश आउनसक्ने

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १३:३५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेका निवेदनको सुनुवाइ सकिएको छ। 

प्रतिवादीका तर्फबाट जारी जवाफी बहस शुक्रबार सकिएको हो। बहस सकिएकाले आदेश आजै आउने सम्भावना छ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। 

आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गर्दै प्रतिवादीका तर्फबाट उच्च अदालतमा फरक–फरक मितिमा निवेदन दिइएका थिए। उता सरकारी वकिल कार्यालयले भने उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गर्दै निवेदन दर्ता गराएको थियो। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। प्रतिवादीका तर्फबाट जवाफी बहस आज सकिएसँगै आदेश आउने सम्भावना देखिएको हो।  

ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

यस प्रकरणअन्तर्गत नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .