ad ad

समाज


सर्लाहीमा फोहोरको थुप्रोमा भेटियो नवजात शिशुका दुईवटा शव

सर्लाहीमा फोहोरको थुप्रोमा भेटियो नवजात शिशुका दुईवटा शव

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार १०:३९, काठमाडौँ

सर्लाही सदरमुकाम मलंगवामा दुई शिशुको शव फेला परेको छ। 

मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरपालिका–९ मा अवस्थित सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पण्जियारले जानकारी दिए। 

अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरे फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ। 

अवैध सम्बन्धबाट गर्भ बसेपछि स्थानीय कुनै क्लिनिकमा गएर शल्यक्रिया गरी ती शिशु फालेको आशंकामा अनुसन्धान अघि बढाइएको डीएसपी पञ्जियारले बताए। 

बाटो हिँड्ने बटुवाले फोहोरको थुप्रोमा जुम्ल्याहा शिशुको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। 

‘शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘स्थानीय कुनै क्लिनिकमा अवैध गर्भपतन गरेर ती शिशु निकालिएको आशंकामा हामीले अनुसन्धान अघि बढाएका छौँ।’

सर्लाही सदरमुकाम मलंगवामा प्रादेशिक अस्पताल (सरकारी) बाहेक तीन चारवटा निजी क्लिनिक सञ्चालनमा छन्। तिनै क्लिनिकमा अवैध गर्भपतन हुने गरेको आशंका स्थानीयले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .