समाज


'भारतमा हिन्दुको मात्र राज चल्छ' भन्दै दिल्लीमा एक युवाले गोली चलाए

'भारतमा हिन्दुको मात्र राज चल्छ' भन्दै दिल्लीमा एक युवाले गोली चलाए

नेपालखबर
माघ १८, २०७६ शनिबार १२:४४,

दिल्लीको शाहीन बागमा सरकारविरुद्ध आन्दोलन भइरहेको समयमा गोली चलेको बीबीसीहिन्दीले जनाएको छ।

हालसम्म यस घटनामा घाइते भएको खबर आएको छैन। एएनआई समाचारसंस्थाका अनुसार गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

दक्षिण पूर्वी दिल्लीका डीसीपी चिन्मय विस्वालले गोली चलेको पुष्टि गर्दै ती युवाले हवाई फाइरिङ गरेकाले कसैलाई केही नभएको जनाकारी दिएका छन्। गोली चलाउने व्यक्तिको नाम कपिल गुर्जर भएको बताइएको छ।

उनले भारतमा ‘हिन्दुको मात्र राज चल्छ’ भन्ने धारणा राखेको बताइएको छ।

गत बिहीबार रामभक्त नामका एक युवाले पनि शाहिनबाग नजिकै भएको सरकारविरुद्धको आन्दोलनमा गोली चलाएका थिए।

उनले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए। रामभक्तले पनि मुसलमानको विरोध गरेका थिए।

भारतमा केही समययता नागरिकता कानुनलाई लिएर सरकारविरुद्धको आन्दोलन भइरहेको छ।

भारतको संसदले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि भारतमा विवाद मच्चिएको हो।

छिमेकी देश बाङ्ग्लादेश र अन्यदेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै यतिबेला स्थानीयले बिरोध जनाइरहेका छन्।

अर्कातिर भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको भन्दै भारतका मुसलमानहरु आन्दोलित भएका छन्। एजेन्सी

यो पनि।

‘मेरो घरको ख्याल राख्नु’ भन्दै पेस्तोल बोकेर प्रदर्शनकारीमाथि जाइ लागे रामभक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad