ad ad

समाज


सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

पोर्चुगलका लागि प्रस्तावित राजदूतबारे पनि सूचना दिन आह्वान
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

सर्वाेच्चका लागि सिफारिस गरिएका ६ न्यायाधीश


नेपालखबर
मंसिर ९, २०८० शनिबार ८:१६, काठमाडौँ

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। 

प्रस्तावित न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल उक्त पदका लागि उपयुक्त छैन भन्ने लागेमा उजुरी दिन भनिएको हो। 

संसदीय सुनुवाइ समितिले शनिबार सार्वजनिक सूचना जारी गरी भनेको छ,‘सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहाय अनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० ९दस० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

समितिका अनुसार सूचना दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ तर परिचय गोप्य राख्न चाहेमा त्यसो पनि गरिनेछ। 

गत मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि माथि उल्लिखित ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो।

यसैबीच पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ। 

उनीविरुद्धका कुनै सूचना भए १० दिनभित्र उजुरी दिन समितिले भनेको छ।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .