ad ad

कारोबार


समृद्धिले सेयर सदस्यलाई बाँड्यो १३ प्रतिशत बोनस

समृद्धिले सेयर सदस्यलाई बाँड्यो १३ प्रतिशत बोनस

नेपालखबर
मंसिर ९, २०८० शनिबार ८:२८, काठमाडौँ

सर्लाहीको हरिवनमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट सेयर सदस्यलाई १३ प्रतिशत बोनस वितरण गरेको छ। 

समृद्धिको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन पन्तले आर्थिक मन्दिको अवस्थामा पनि संस्थाको आर्थिक कारोबार राम्रो रहेको बताए। उनले सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँडबाट सेयर सदस्यलाई २१ दशमलव ५ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए। 

समृद्धिले आर्थिक वर्ष २०७९/०८० को कारोबारबाट ७७ लाख ६६ हजार ५१७ रुपैयाँ मुनाफा गरेको संस्थाका प्रवन्धक चिरञ्जीवि भट्टराईले बताए। 

साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा पूर्व रक्षामन्त्री तथा सर्लाही ३ बाट निर्वाचित संघीय सांसद हरिप्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, समृद्धिका पूर्व अध्यक्ष इन्द्र पाठक, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, नेप्सुकुनका हरिवन शाखा प्रमुख महेश बराल, राष्ट्रिय सहकारी बैँक हरिवनका नारायण लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए। 

साधारणसभाले अध्यक्ष लगायत विभिन्न उपसमितिको प्रतिवेदन र २०८०/०८१ को बजेट तथा कार्ययोजना सुझावसहित पारित गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .