ad ad

समाज


आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिउँ पर्ने सम्भावना

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिउँ पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८० शनिबार ७:५१, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने सुदूरपश्चिम, कर्णाली प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (आकाश छ्याङ्ग) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार राति कर्णाली र  सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

चिसो बढ्दै
मौसमविद्का अनुसार अहिले देशभर चिसो बढ्ने क्रममा छ। 

मौसम महाशाखाको विवरणअनुसार अहिले देशभरमा सबैभन्दा कम तापक्रम माइनस ४ दशमलव शून्य (अर्थात् –४.०) डिग्री सेल्सियस (जोमसोममा) सम्म झरेको छ। राजधानी काठमाडौँमा न्यूनतम तापक्रम ९ डिग्री आसपास चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .