ad ad

समाज


प्रशासनको निशानामा राप्रपाका नेता–कार्यकर्ता परेको राप्रपाको निष्कर्ष

प्रशासनको निशानामा राप्रपाका नेता–कार्यकर्ता परेको राप्रपाको निष्कर्ष

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १८:४२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा भएको प्रदर्शनमा राप्रपाका नेता कार्यकर्तालाई प्रशासनले निशानामा पारेर खोजीखोजी पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। 

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा नभएकालाई समेत प्रशासनले खोजीखोजी पक्राउ गर्नु आपत्तिजनक र विडम्बनापूर्ण रहेको बताएका छन्। 

सडकमा प्रदर्शनमा ओलिएकालाई घरमै नजरबन्द गर्ने, पक्राउ गर्ने र सडकपेटीमा हिँडेका नागरिकलाई बिनाकारण गिरफ्तार गर्ने काम अलोकतान्त्रिक भएको विज्ञप्तिमा उल्लेख छ। 

‘यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित छ। दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

गिरफ्तार गरिएका सबैको बिना शर्त अविलम्ब रिहाइ गर्न समेत पार्टीले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .