समाज


कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा १ को मृत्यु, १७ जना घाइते

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा १ को मृत्यु, १७ जना घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ९:२३, काठमाडौँ

भीमदत्त राजमार्ग अन्तरर्गत कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।

गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .