ad ad

समाज


नवलपरासी दुर्घटना : मृतकको संख्या सात पुग्यो

नवलपरासी दुर्घटना : मृतकको संख्या सात पुग्यो

नेपालखबर
कात्तिक २७, २०८० सोमबार ५:३४, काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। 

दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाउको छ। 

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

योसँगै दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

दुर्घटनामा मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्। 

मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन। उक्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएर दुर्घटनामा परेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .