ad ad

समाज


सर्वोच्चका न्यायाधीशहरूले भूकम्पपीडितलाई ७ दिनको तलब दिने

सर्वोच्चका न्यायाधीशहरूले भूकम्पपीडितलाई ७ दिनको तलब दिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८० बुधबार १८:२३, काठमाडौँ

सर्वोच्च अदालतलका न्यायाधीशहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूलाई ७ दिनको तलब दिने भएका छन्। 

सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार यस्तो निर्णय गरेको हो। 

सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरूले भूकम्पपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय भएको बताए। 

बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्लाका न्यायाधीशले ३ दिनको तलब भूकम्पपीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ।

अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र  अन्य कर्मचारीको १ दिनको तलब दिने निर्णय भएको घिमिरेले बताए।

तीनै तहका न्यायाधीशहरूबाट करिब ३८ लाख र कर्मचारीबाट करिब १ करोड १२ लाखसहित करिब डेढ करोड सहयोग उपलब्ध गराउने निर्णय भएको घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .