रुपन्देहीको तिनाउ नदीमा खसेर एक भारतीय युवतीको मृत्यु भएको छ।
नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार नदीमा डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
105
Shares
प्रतिक्रिया