ad ad

समाज


झापामा करेन्ट लागेर दुई मजदुरको मृत्यु


नेपालखबर
कात्तिक २२, २०८० बुधबार ५:२५, झापा

झापामा भएका दुई छुट्टा छुट्टै घटनामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ। 

दमक र कन्काइमा भएका भएका दुई घटनामा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दमक ३ धङधङमा निर्माणाधीन पुलमा कार्यरत मजदुर भोजपुरको भोजपुर नगरपालिका-११ का ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर मृत्यु भएको हो। 

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी कन्काई नगरपालिका- ६ चप्रामारीमा पनि करेन्ट लागेकार स्थानीय ३६ वर्षीय राम कुमार श्रेष्ठको मृत्यु भएको छ।

स्थानीय हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा रडले विजुलीको तारमा छुदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .