ad ad

समाज


पोल्यान्ड पठाउने भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

पोल्यान्ड पठाउने भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १९:१३, काठमाडौँ

वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १० घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट बस्ने वर्ष ३९ की सुनिता कर्माचार्य रहेकी छन्।

कर्माचार्य समेतले मदनराज मोक्तान समेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ८ लाख रुपैयाँ मात्र लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख पचास हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले पीडितहरुबाट पटकपटक गरी ३८ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।

वैदेशिक रोजगार विभागबाट महानगरीय अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो। अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनिताको खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौंको ईन्द्रचोकबाट पक्राउ गरेको हो।

उनीविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .