समाज


खोटाङमा घरेलु हिंसाको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख प्रक्राउ

खोटाङमा घरेलु हिंसाको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख प्रक्राउ

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १०:६, काठमाडौँ

शिक्षा विकास तथा समन्वय एकाइ खोटाङका कार्यालय प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कार्यालय प्रमुख शैलेन्द्रबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयले गएराति नियन्त्रणमा लिएको हो।

परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन उनकै परिवारबाट आएको मौखिक उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता बेनु कार्कीले जानकारी दिए। 

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad