जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ।
आज बिहान अध्यक्ष माधवकुमार नेपाललगायत एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।
यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन्।
त्यसयता पनि जाजरकोट केन्द्रबिन्दु भएर पटकपटक परकम्प गइरहेका छन्।
18
Shares
प्रतिक्रिया