समाज


भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठायो ९ टन राहत सामग्री

भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठायो ९ टन राहत सामग्री

नेपालखबर
कात्तिक २०, २०८० सोमबार २०:४६, काठमाडौँ

दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि दोस्रो चरणको राहत सामग्री पठाएको छ। 

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सोमबार दोस्रो चरणको राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरे। 

अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ ब्याग र कम्बलसहित सोमबार ९ टन राहत सामग्री नेपालगन्ज ल्याइपु¥याइएको हो। 

भारतीय वायुसेनाको विशेष विमान सी–१३० मार्फत सो सामग्री नेपालगन्ज पु¥याइएको भारतीय राजदूतावासले जनाएको छ। 

यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ।

यसअघि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधिसहित ११ टन सामाग्री आइतबार पठाइएको थियो। 

त्यस्तै, भूकम्पले निम्त्याएको यो अवस्थामा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्ने राजदूतावासले जनाएको छ।

भारत सरकारबाट सहयोग हालसम्म प्राप्त सहयोग:-
१) डबल फ्लाई टेन्ट-८४ वटा
२) प्लाष्टिक त्रिपाल:- ६२५ वटा
३) स्लिपिङ ब्याग:- २११२ वटा
४) ब्लांकेट:- २२३० वटा
५) सिंगल फ्लाई टेन्ट:- ६५ वटा 
६) स्वास्थोपचार विभिन्न सामग्री:-३००० केजी.
मित्रराष्ट्र जनबादी गणतन्त्र चीन सरकारबाट प्राप्त:-
१) ठूलो परिवार टेन्ट:-२३०० वटा
२) ब्लांकेट:- २००० वटा
३) त्रिपाल:- ७०० वटा
४) स्प्रे:- ५०० वटा
२०८० कार्तिक २० सम्म।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .