कला


युनिभर्स सर्टिफिकेट पाएसँगै खुल्यो फिल्म ‘दिमाग खराब’को अग्रिम बुकिङ

युनिभर्स सर्टिफिकेट पाएसँगै खुल्यो फिल्म ‘दिमाग खराब’को अग्रिम बुकिङ

नेपालखबर
कात्तिक २०, २०८० सोमबार २१:६, काठमाडौँ

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को अग्रिम बुकिङ खुलेको छ। ‘युनिभर्स’ सर्टिफिकेटसहित सेन्सरबाट प्रदर्शन अनुमति पाएसँगै फिल्मको बुकिङ खुला गरिएको हो। २ घण्टा २८ मिनेटको यस फिल्मलाई सबै दर्शकले हेर्न पाउनेछन्।
 

अग्रिम बुकिङ खुला भएसँगै केएल टावरस्थित मल्टिप्लेक्स हल एफ क्युबले यस फिल्मलाई ६ शो उपलब्ध गराएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायतका हलहरुले भने शोहरु राखिसकेका छैनन्। 

यस फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ। निश्चलसहित अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमामा विशेष भूमिकामा देखिएका छन्। 

आकाश बरालको लेखन रहेको फिल्मको मनोज पण्डित स्क्रिप्ट डाक्टर हुन्। रौनक विक्रम कडेल निर्माता रहेको यो फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .