ad ad

समाज


सोमबार नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि महसुस

सोमबार नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि महसुस

फाइल फाेटाे : दिल्ली


नेपालखबर
कात्तिक २०, २०८० सोमबार २०:३२, काठमाडौँ

सोमबार अपराह्न नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि महसुस भएको छ। 

बीबीसी हिन्दीका अनुसार सोमबार अपराह्न जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा महसुस भएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्यूडको परकम्प गएको थियो। 

गत शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्।

त्यसयता जाजरकोट केन्द्रबिन्दु भएर परकम्प जाने क्रम जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .