ad ad

समाज


जाजरकोटमा ४ घण्टाभित्र ६ पटक भूकम्प

जाजरकोटमा ४ घण्टाभित्र ६ पटक भूकम्प

भूकम्पले जाजरकोटमा भत्किएको घर। तस्बिर : रासस


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १८:१३, काठमाडौँ

जाजरकोटमा चार घण्टाको अवधिमा ६ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार सबैभन्दा पहिला शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि शनिबार दिउँसो ३ बजेर ४० मिनेट जाँदासम्म ४ म्याग्निच्युडमाथि परकम्प गएका हुन्।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार ठूलो भूकम्पपछि शुक्रबार राति १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्निच्युडको परकम्प गएको हो। यसपछि राति १२ बजेर २९ मिनेट जाँदा फेरि ४.२ म्याग्निच्युडको भूकम्प गयो भने राति १२:३५ बजे पुनः ४.३ म्याग्निच्युडको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रको रेकर्डअनुसार त्यसपछि शनिबार बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गयो भने पछिल्लो समय शनिबार (आज) दिउँसो ३ बजेर ४० मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको हो। 

भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो मात्रामा जनधनको क्षति गरेको छ। यो खबर लेख्दासम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको सरकारले जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका अनुसार भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मत्यु भएको हो।

हेर्नुहोस् जाजरकोट भूकम्पबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .