ad ad

समाज


जाजरकोट भूकम्प : कम्तीमा ७० जनाको मृत्यु

जाजरकोट भूकम्प : कम्तीमा ७० जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार ६:५२, काठमाडौँ

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। 

अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 

रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।

अहिलेसम्म कुम पश्चिममा मात्रै २७ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।  

दुई जिल्लामा गरेर सयौँ घाइते भएका छन्। मध्यराति भूकम्प गएको कारण धेरै मानवीय क्षति भएको हो। गएराति जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .