ad ad

समाज


काठमाडौँ–मुग्लिन सडकमा साढे ६ घण्टापछि एकतर्फी गाडी सञ्चालन

पूर्णरुपमा पहिरो पन्छाउन अझै समय लाग्ने
काठमाडौँ–मुग्लिन सडकमा साढे ६ घण्टापछि एकतर्फी गाडी सञ्चालन

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८१ मंगलबार ५:३१, काठमाडौँ

सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ। 

अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि अर्थात् राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए। 

उनले भने, ‘धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याइएको छ।’

सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ। सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .