ad ad

समाज


‘कल गर्ल’ चाहिएमा सम्पर्क गर्न भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

‘कल गर्ल’ चाहिएमा सम्पर्क गर्न भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १९:४७, काठमाडौँ

सामाजिक सञ्जालमा महिलाको फोटो र फोन नं राखेर ‘कल गर्ल’ चाहिएमा सम्पर्क गर्न भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ६ का २४ वर्षीय गौरब जैन र भोजपुरको भोजपुर नगरपालिका ९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले ‘कल गर्ल’ चाहिएमा मोबाइल नम्बर ९७०२९९६७५३ मा सम्पर्क गर्न सकिने र महिलाहरुको फोटो समेत उपलब्ध गराई दिने भनि समाजिक सञ्जालको ग्रुपहरुमा पोष्ट गर्ने गरेका थिए। साथै, उपलब्ध गराईएका फोटोहरु मध्ये आफूले छनौट गरे अनुसारको मूल्य अनलाइन मार्फत तिरेपछि केटी उपलब्ध गराईने भनि रकम माग गरी ठगी लगायतका कार्य गरेको पाईएको छ।

सो सम्बन्धमा अनुसन्धानको सिलशिलामा उक्त मोबाइल नम्बर ९७०२९९६७५३ चलाउने ब्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोली र जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा बिहीबार विराटनगर–६ बिएफएमबाट पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .