बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ।
दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो। कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङले नेपालखबरलाई बताए।
उनको घाँटी तथा छातीमा गोली लागेको छ।
घाइते सरार्फलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु भएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
90
Shares
प्रतिक्रिया