भारतको हैदराबादमा प्रशिक्षण लिएका नेपाल प्रहरी अधिकृत कैलाश लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट भएका छन्। नेपालस्थित भारतीय दूतावासका अनुसार उनलाई बीएसएफ ट्रफी प्रदान गरिएको छ।
लिम्बुलाई ‘आउटडुवर पासिङ आउट’मा उतकृष्ट ठहरिएवापत अर्वाड प्रदान गरिएको दूतावासले जनाएको छ।
भारतको हैदाराबादस्थित सरदार बल्लभभाइ पटेल प्रशिक्षण केन्द्रमा उनी नेपालको तर्फबाट ‘आइपीएस’ प्रशिक्षार्थीको रुपमा रहेका छन् ।
सोही प्रशिक्षण केन्द्रमा आयोजित ‘७७ आरआर पासिङ आउट’मा उनलाई अवार्ड प्रदान गरिएको हो।
प्रशिक्षण केन्द्रमा नेपालका पाँच जना प्रहरी अधिकृतले प्रशिक्षण लिइरहेका छन्।
156
Shares

प्रतिक्रिया