झापाको भद्रपुरस्थित सीमानाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्रमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच गरिँदै आइएको हो।
शनिबार बिहानबाट भद्रपुर नगरपालिका-५ स्थित, मेचीपुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको दुई कुकुरसहितको प्रहरी टोलीले सीमानाकामा आवत-जावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्न सुरु गरेकाे छ।
कोशी प्रदेश अन्तरगत रहेका मुख्य सीमानाकासहित अन्य सीमानाका तथा आसपासको सीमावर्ती क्षेत्रबाट हुनसक्ने लागूऔषध ओसारपसार, विष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि कुकुरसहितको प्रहरी चेकिङ टोलीले निरन्त रूपमा कडाईका साथ चेकजाँच गरिरहेको छ।
Shares
प्रतिक्रिया