ad ad

समाज


आज पनि बडादसैँको टीका लगाइँदै

आज पनि बडादसैँको टीका लगाइँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८० बुधबार ११:११, काठमाडौँ

विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज आश्विन शुक्ल एकादशीका दिन पनि दसैँको पनि टीका लगाउँदैछन्।

बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परंपरा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउछन्। 

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने  क्रम पूर्णिमासम्मै जारी रहन्छ। 

केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने सवारी साधन र मानिसहरुको केही चहलपहल बढ्न थालेको छ।

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ। ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैँ सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .