समाज


राष्ट्रपति पौडेलले लगाए ९१ वर्षीया भाउजूबाट दसैँ टीका

टीकाका लागि शीतल निवास छिर्न १ नम्बर प्रवेशद्वार
राष्ट्रपति पौडेलले लगाए ९१ वर्षीया भाउजूबाट दसैँ टीका

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाईतमा भाउजू विष्णुमाया पौडेलको हातबाट विजया दशमीको टीका ग्रहण गर्दै (तस्बिरः रत्न श्रेष्ठ/रासस)


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १२:११, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका र जमरा लगाएका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका र जमरा लगाएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका लगाएका हुन्। आफूले टीका लगाएपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिए।

विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका लगाइदिने जनाइएको छ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई टीकाको लागि आउँदा मर्यादित पोषाकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad