ad ad

समाज


टीका लगाउने दिन मंगलबार कस्तो रहला मौसम? थाहा पाउनुहोस् आजै

टीका लगाउने दिन मंगलबार कस्तो रहला मौसम? थाहा पाउनुहोस् आजै

जल तथा मौसम विज्ञान विभाग


नेपालखबर
कात्तिक ६, २०८० सोमबार १८:३९, काठमाडौँ

हाल नेपालको पश्चिमी भेगमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (सोमबार साँझ) सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै भोलि मंगलबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

मंगलबार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने र कर्णाली  र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार साँझको बुलेटिनमा उल्लेख गरेको छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा कतै कतै मात्र बादल लागेको अवस्था हो भने सामान्य बदली भनेको अलि बढी स्थानमा बादल लागेको अवस्था हो। दिनमा यस्तो बदली हुँदा देशका धेरैजसो स्थानमा घाम देखिन्छ। 

यस्तै एक/दुई स्थानमा मात्र वर्षा तथा हिमपातको सम्भावना देखिनु भनेको सम्भावना कम हुनु हो।

बडादसैँअन्तर्गत भोलि मंगलबार विजया दशमी अर्थात् टीका लगाउने दिन हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .