खसीबोका व्यापारीले विगतको तुलनामा यसपटकको दसैँमा व्यापार कम भएको बताएका छन्।
पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्री पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रै बिक्री भइरहेको बताउँछन्।
मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र मूल्य चाहिँ अरू बेलाको जस्तै रहेको उनी बताउँछन्।
यस वर्ष भारतबाट आयात नभएको र नेपालकै खसीबोका प्रशस्त रहेको खत्रीको भनाइ छ।
यसपटक रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट काठमाडौँमा खसीबोका ल्याइएको हो।
57
Shares
प्रतिक्रिया