ad ad

समाज


गुल्मीमा डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको मृत्यु

गुल्मीमा डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको मृत्यु

नेपालखबर
कात्तिक २, २०८० बिहिबार ७:५१, गुल्मी

गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको मृत्यु भएको छ। 

बुधबार रेसुंगा नगरपालिका- १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु१क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो।

पाल्पाको माथागढी गाउँपालिका-७ रतवास घर भएका डोजर चालक कृष्णबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .