प्यालेस्टाइनको लडाकु समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव स्वदेश पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली राजदूतावासले बताएको छ।
कानुनी प्रक्रिया पूरा गरी २÷३ दिनभित्र नेपाल पठाउने तयारी भइरहेको मंगलबार साँझ एक विज्ञप्तिमार्फत् जनाइएको छ।
‘निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २र३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको छ,’ राजदूतावासले भनेको छ।
साथै, सोही आक्रमणमा परी बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य तीव्र पारिएको पनि दूतावासले बताएको छ।
66
Shares
प्रतिक्रिया