ad ad

कारोबार


यती एयरलाइन्सको सीईओमा सुवास सापकोटा

यती एयरलाइन्सको सीईओमा सुवास सापकोटा

नेपालखबर
असोज ३०, २०८० मंगलबार १९:१, काठमाडौँ

यति एयरलाइन्स कम्पनी लिमिटेडको सीइओमा सुवास सापकोटा नियुक्त भएका छन्। यति एयरलाइन्स सीइओ पदमा नियुक्र लिएका सापकोटाले सोमबारदेखि कार्यभार सम्हालेका हुन्।

यति एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएपछि नयाँ सीइओ ल्याएको हो।

नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको छ।

शेर्पा घरानाको मात्रै लगानी रहेको यतीले अब ४९ प्रतिशत सेयर बिक्री गर्ने तयारीमा छ।

नयाँ लगानीकर्ता ल्याउन यतीले एसियन लाइफ इन्स्योरेन्ससँग छलफल समेत अघि बढाइसकेको छ। 

करिब आधा सेयर एसियन लाइफ इन्स्योरेन्सलाई बेच्न राजी भएको यतीले सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ। यता एसियन लाइफले पनि यती एयरमा लगानी गर्न अनुमति लिइसकेको छ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको हो। प्राधिकरणमा एसियन लाइफले राखेको प्रस्ताव अनुसार उसले १ सय ७० रुपैयाँ प्रतिकित्ताका दरले यतीको सेयर किन्नेछ।

जस अनुसार अनुमति लिएको सबै सेयर एसियन लाइफले खरिद गर्ने हो भने डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने हुन्छ।

यती एयरलाइन्स स्थापना भएको २५ वर्ष भैसकेको छ। आङ छिरिङ शेर्पाले यो एयरलाइन्सको स्थापना गरेका थिए। सन् १९९८ मे मा तत्कालीन हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो।

स्थापना कालमा दुई वटा ट्विनअटरबाट उडान सुरु गरेको कम्पनीले आफ्नो निरन्तर विमानहरु थपेर सेवा प्रदान गरिरहेको छ। यस कम्पनीले डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, जेटस्ट्रिम जे–४१, डीएचसी–६ ४०० ट्विनअटर तथा एटीआर–७२ ५०० जस्ता ४० भन्दा धेरै विमान नेपालमा ल्याएर सेवा प्रदान गरिरहेको छ।  

एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यस कम्पनीले नेपालमा धेरै प्राविधिक तथा दक्ष हवाई जनशक्ति समेत उत्पादन गरिसकेको छ। 

नव नियुक्त सीइओ सापकोटा यस अघि इसेवा नामक भुक्तानी प्रदायक कम्पनीको सीइओ थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .