बाँकेको खजुरा गाउँपालिकामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। वडा नम्बर ३ स्थित दिपक बोर्डिङ स्कुलको परीक्षा सकेर विद्यार्थी घर पुर्याउने क्रममा बस दुर्घटनामा परेको हो।
सो दुर्घटनामा परी अन्य २५ जना विद्यार्थी घाइते भएको जनाइएको छ।
दुर्घटनामा परी निधन भएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्याब्सन बाँकेले भोलि (मंगलबार) पालिकाभित्रका सबै विद्यालयमा शोक बिदा दिन अपिल गरेको छ।
69
Shares

प्रतिक्रिया