ad ad

समाज


चितवनमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोककी २४ वर्षीया युवतीको मृत्यु

चितवनमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोककी २४ वर्षीया युवतीको मृत्यु

नेपालखबर
असोज २८, २०८० आइतबार १२:५५, चितवन

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीया संगिता भण्डारी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .