ad ad

समाज


जहाँ–जहाँ मनसुन बाँकी छ, त्यहाँ–त्यहाँ पानी पर्ने सम्भावना

जहाँ–जहाँ मनसुन बाँकी छ, त्यहाँ–त्यहाँ पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८० बिहिबार ८:४०, काठमाडौँ

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। यसको अर्थ देशका धेरैजसो स्थानमा घाम लागेको छ। कतै कतै बादल पनि छ। 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ। 

यस क्रममा राति कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन लुम्बिनी प्रदेशको अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिम भागबाट पनि हटिसकेको छ। 

अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .