ad ad

समाज


नवजात शिशु बिक्री गर्ने डाक्टरसहित तीन जना कारागार चलान

नवजात शिशु बिक्री गर्ने डाक्टरसहित तीन जना कारागार चलान

नेपालखबर
असोज २४, २०८० बुधबार २१:५५, काठमाडौँ

मोरङको ‘ग्रिनक्रस अस्पताल’मा नवजात शिशु ब्रिकी प्रकरणमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जना कारागार चलान भएका छन्। 

जिल्ला अदालत  मोरङका  न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार कर्णसहित अन्य दुई जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। 

कर्णसहित कटहरी–४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई जेल चलान भएका हुन्।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो। यसमध्ये तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रन्जन कुमार दाहालले जानकारी दिए। 

मोरङ कटहरी– २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रूपैयाँ, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख रूपैयाँ र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई दस हजार रूपैयाँ धरौटी रकम माग गरिएको छ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन्।

सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .