ad ad

समाज


जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

नेपालखबर
असोज २२, २०८० सोमबार १२:३७, काठमाडौँ

जिल्ला अदालत काठमाडौंमा आज (असोज २२) बाट पारिवारिक इजलास सुरु भएको छ।

सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गरेकोमा खुशी लागेको बताए।

उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘काठमाडौं जिल्ला अदालतमा दुई वटा पारिवारिक इजलास राख्ने भन्नेकुरा संसदीय सुनुवाई समितिमा भनेको थिएँ। त्यो आज मूर्त रुप दिन पाउँदा मलाई खुशी लागेको छ। पारिवारिक इजलासको महत्व किन हुन्छ भने यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो।’

उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताए।

उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गरे।

उनले थपे, ‘काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ तथापि उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामाकरणबाट गरिएको छ। यसले महिलाहरुको लागि केही न केही भएपनि जुन कानूनमा समस्या परेर आउनेका लागि छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिने आशा छ। यो इजलासमा बस्ने न्यायाधीशहरूले यो मक्सदलाई पूरा गर्ने दृष्टकोणबाट हेर्नुहोला। यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ।’

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताए।
    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .