ad ad

समाज


रौतहटमा ८ वटा मदिरा भट्टी नष्ट

रौतहटमा ८ वटा मदिरा भट्टी नष्ट

नेपालखबर
असोज २२, २०८० सोमबार ७:३६, राैतहट

प्रहरीले रौतहटका विभिन्न ठाउँमा सञ्चालित आठवटा अवैध मदिरा भट्टी नष्ट गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रौटहट र स्थानीय प्रहरी युनिटहरुबाट खटिएका प्रहरीले पहोरा नगरपालिका, राजपुर नगरपालिका र मैलापुर नगरपालिकामा सञ्चालित आठवटा मदिरा भट्टी भत्काएर नष्ट पारेको हो। 

मदिरा भट्टी नष्ट पार्ने क्रममा साढे पाँच सय लिटर तयारी मदिरा र मदिरा बनाउने कञ्चा पदार्थ ३ हजार २ सय लिटर पनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौटहटका डीएसपी दामोदर केसीले जानकारी दिए। 

‘भट्टी नष्ट गर्ने क्रममा मदिरा उत्पादन गर्ने ६ थान मेसिन, १० थान ठूला ड्रम र ११ थान ठूला भाँडा पनि बरामद गरेका छौँ,’ डीएसपी केसीले नेपालखबरसँग भने। 

अवैध मदिराको कारण चाडपर्वको बेला अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर मदिरा भट्टी नष्ट गर्ने अभियानलाई निरन्त जारी राखिने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .