अफगानिस्तानको गजनी क्षेत्रमा सोमबार उक्त विमान दुर्घटनामा परेको हो। सोमबार गजनी क्षेत्रमै एरियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको समाचार सम्प्रेषित भएको थियो। यतिबेला उक्त समाचार अफवाह ठहरिएको छ।
अफगानिस्तानको सरकारले एरियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको समाचार झुठो भएको प्रतिक्रिया जनाएको छ।
अमेरिकी रक्षा सचिव मार्क एस्परले अमेरिकाको विमान दुर्घटनामा परेको पुष्टि गरेका छन्। इ–११ए युद्धक विमान दुर्घटनामा परेको हो।
@pajhwok reporter Saifullah Maftoon visited the area in #Ghazni province, where an Aircraft crashed today, #Taliban said few US force officers were killed in this incident. #Afghanistan pic.twitter.com/vJ1fB2kspb
— Pajhwok Afghan News (@pajhwok) January 27, 2020दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। विमान दुर्घटनामा आक्रमणको कुनै संकेत नभेटिएको बताइएको छ। अनुसन्धानपछि यस विषयमा थप जानकारी दिने पेन्टागनले जनाएको छ।
अफगानिस्तानमा सन् २००१ यता अमेरिकी सेना तैनाथ छन्। यसबीचमा तालिवानसँगको भिडन्तमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ।
प्रतिक्रिया