ad ad

समाज


नेपाल–भारत दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल–भारत दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालखबर
असोज १८, २०८० बिहिबार २२:३, काठमाडौँ

नेपाल–भारत दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ।

भारतका विभिन्न १४ राज्यबाट ८० जनाको संख्यामा उपस्थित भेटेरिनरी जनस्वास्थ्य विज्ञ र नेपालका ७० जना पशु चिकित्सक सम्मिलित उक्त सम्मेलनको उद्घाटन गत हप्ता काठमाडौंमा उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए।

भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्स तथा भेटेरिनरी पब्लिक हेल्थ एशोसिएसन नेपालको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा जम्मा ७६ वटा विभिन्न वैज्ञानिकका प्रस्तुतीहरू भएका थिए। 

उक्त अवसरमा भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्सको १५औं सम्मेलन पनि सम्पन्न गरिएको थियो।

उक्त अवसरमा विश्व स्वास्थ्य संगठन नेपालबाट पनि जनस्वास्थ्य सम्बन्धी प्रस्तुतिकरण भएको आयोजक सदस्य सितलकाजी श्रेष्ठले जानकारी दिए। 

उक्त अवसरमा भारतका डा। नित्यानन्द पाठक र नेपालका स्वर्गीय डा। दुर्गा दत्त जोशीले लाईफ टाईम एचिभमेण्ट अवार्ड पाएका थिए भने विभिन्न व्यक्तिहरुलाई भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्सले विभिन्न शिर्षकको पादकहरु पनि वितरण गरिएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .