ad ad

गण्डकी


एमाले गण्डकी अधिवशेन : ८८७ मत खस्यो

एमाले गण्डकी अधिवशेन : ८८७ मत खस्यो

नेपालखबर
असोज १८, २०८० बिहिबार २२:५, काठमाडौँ

एमाले गण्डकीको प्रथम अधिवेशन अन्तर्गतको निर्वाचनमा ८८७ मत खसेको छ। कुल ९०७ प्रतिनिधि रहेकोमा ८८७ जनाले मात्र निर्वाचनमा सहभागिता जनाएका निर्वाचन कमिटी संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए।

विद्युतीय मतदान भएकाले केही बेरमा नतिजा पनि आउने उनको भनाइ छ।  

गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदानमा छन्। प्यानललाई निषेध गर्ने भनिए पनि उनीहरु दुवै प्यानलसहित नै मैदानमा उत्रिएका छन्।

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम बिक, सचिवमा  सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी कास्कीकी मीना गुरुङ तथा  अर्का उपसचिवमा कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावल मैदानमा छन्।

लेखा आयोगको अध्यक्षमा बागलुङका रामबहादुर जिसी र नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र शिवजी पौडेल तथा सचिवमा बैकुण्ठ न्यौपान र वीरबहादुर बिक मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .