ad ad

समाज


भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ

भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ

नेपालखबर
असोज १७, २०८० बुधबार १३:४७, काठमाडौँ

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो। 

पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। 

सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ। 

उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। 

फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडाैँ भित्र्याइएको थियो।

सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्।

तर सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .