ad ad

समाज


पृथ्वीराजमार्ग अझै अवरुद्ध, दुई बालकको शव सडकमै राखेर नाराबाजी

पृथ्वीराजमार्ग अझै अवरुद्ध, दुई बालकको शव सडकमै राखेर नाराबाजी

नेपालखबर
असोज १७, २०८० बुधबार १२:८, हेटौंडा

धादिङको मलेखुमा ट्रकको ठक्करबाट दुईजना विद्यार्थीको मृत्यु भएपछि झण्डै डेढ घण्टादेखि सडक अवरुद्ध रहेको छ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको थियो।

धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा बिहान ट्रकले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट घटनास्थलमै दुई विद्यार्थीको ज्यान गएपछि स्थानीयहरुले सडक बन्द गरेका हुन्। 

सडक खुलाउनको लागि प्रहरीले मृतकका आफन्तसँग छलफल गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार आफन्तहरु आक्रोशमा रहेका कारण सडक खुलाउन केही समय लाग्ने भएको छ। ‘हामी मृतक बालकहरुको आफन्तसँग छलफल गरिरहेका छौँ। ट्रक चालक पनि हामीले नियन्त्रणमा लिएका छौं। आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति जुटेपछि अवरुद्ध सडक खुल्ने छ,’ प्रहरी निरीक्षक मिश्रले नेपालखबरसँग भने। 

प्रहरीका अनुसार मृतक बालकहरुको शव सडकमै राखेर आफन्तहरुले सडक अवरुद्ध गरेका हुन्।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले बिहान दुवैजनालाई ठक्कर दिएको थियो।

मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए। ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .