ad ad

समाज


महिला भलिबलमा पनि नेपाल भारतसँग पराजित

महिला भलिबलमा पनि नेपाल भारतसँग पराजित

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८० बुधबार ११:१८, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोली भारतसँग पराजित भएको छ। 

बुधबार बिहान नवौं स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग ३–१ को सेटमा हारेको हो। 

पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्ना पक्षमा पार्न सफल भयो।

प्रतिस्पर्धात्मक खेलको तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले चौथो भारतलाई सुम्पियो।

चाैथो तथा अन्तिम सेट भारतले २५–१७ ले आफ्ना पक्षमा पार्‍यो। 

नेपाल अब ११औं स्थानका लागि खेल्नेछ।

नेपाल अब हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग ११औं स्थानका लागि खेल्नेछ। 

समूह चरणमा भियतनाम र कोरियासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो।

यसअघि हिजो क्रिकेटको क्वार्टरफाइनलमा पनि नेपाल भारतसँग हारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .