ad ad

समाज


दैलेखमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

दैलेखमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

नेपालखबर
असोज १६, २०८० मंगलबार ११:९, काठमाडौँ

दैलेखमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। 

दुर्घटनामा दुल्लु नगरपालिका–७ घर भएका ३३ वर्षीय टिपर चालक भुपेन्द्र थापाको मृत्यु भएको छ।

तल्लो डुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तल्लो डुङ्गेश्वरबाट बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिपर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ।

टिपरमा सवार अन्य दुई जना घाइते छन्। घाइते हुनेमा दुल्लु नगरपालिका–७ का ३५ वर्षीय चन्द्रबहादुर थापा र ऐरावती गाउँपालिका प्युठान घर भएका ३० वर्षीय मुक्तप्रसाद उपाध्याय छन्।  

उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ।

घटना लगत्तै प्रहरी चौकी तल्लो डुंगेश्वर र ईलाका प्रहरी कार्यालय दुल्लुको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेको थियो। सोमबार राती करिव ८ बजेतिर टिपर दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .