ad ad

खेल


भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकामा नेपाली क्रिकेट टोलीलाई रविको धन्यवाद

भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकामा नेपाली क्रिकेट टोलीलाई रविको धन्यवाद

नेपालखबर
असोज १६, २०८० मंगलबार ११:१९, काठमाडौँ

भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई धन्यवाद दिएका छन्। 

चीनको हाङजाओमा जारी १९औँ एसियाली खलकुदअन्तर्गत आज टी–२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। 

जसमा नेपाल भारतसँग २३ रनले हार्‍यो। 

भारतसँग २३ रनको मात्र फरक हुनु भनेको नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन मान्नुपर्ने सभापति लामिछानेको भनाइ छ। यसबाट क्रिकेटमा नेपालको उज्ज्वल भविष्य देखिएको पनि उनले उल्लेख गरेका छन्। 

‘भारतसँग २३ रनको मात्र अन्तर भनेको नेपाली क्रिकेट टिमले गरेको निरन्तरको उत्कृष्ट प्रदर्शन नै हो। हाम्रो भविष्य निकै उज्ज्वल छ’, नेपाल–भारतको खेल सकिनासाथ लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .