समाज


झापामा छुरा प्रहार गरी एक युवकको हत्या प्रकरण : ११ जना पक्राउ

झापामा छुरा प्रहार गरी एक युवकको हत्या प्रकरण : ११ जना पक्राउ

नेपालखबर
असोज १६, २०८० मंगलबार ५:३१, झापा

तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा साथीहरूबीच झगडा हुँदा छुरा प्रहारबाट इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या भएको थियो। 

लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौककोरूरुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरूङ, दमक–७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका–३ का ३८ वर्षीय सूर्य केरूङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए।

घटनाकै दिन होटल सञ्चालक कुमालसहित आठ र सोमबार मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको उनले जानकारी दि‍ए।

उनका अनुसार तीन दिनअघि दमक–१ स्थित कुमाल चौकको रूवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए।

हत्यालगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad