दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा डेंगी संक्रमणबाट एक शिक्षकको मृत्यु भएको छ।
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको डेंगी संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
डाँगी श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँका शिक्षक हुन्।
डाँगीलाई केही समयअघिदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई उपचारको लागि आइतबार साँझ मात्रै प्रतिष्ठानमा ल्याइएको थियो।
उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।
27
Shares
प्रतिक्रिया