यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन्।
यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो। असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्।
आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए।
यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन्।
त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन्। रासस
57
Shares
प्रतिक्रिया